प्रमाणपत्र अध्यावधिक नगर्ने १२ जना चिकित्सकलाई उपस्थिति हुन काउन्सिलको निर्देशन
१० पुस २०७७ काठमाडौं । प्रमाणपत्र अध्यावधिक गर्न समयमै नआएको भन्दै नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकलाई प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ।
काउन्सिलले आज सूचना जारी गरेर शैक्षिक प्रमाणपत्र, नागरिकता र काउन्सिलबाट प्रदान गरिएको सक्कलै प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको हो ।
जनकपुरकी डाक्टर प्रेक्षा साह, महोत्तरीका डाक्टर रोशनकुमार शाह, पर्साका डाक्टर शशिकान्त चौधरी, बाराका डाक्टर प्रतिमाकुमारी यादव, पर्साका डाक्टर धनंजयकुमार माली, उदयपुरका डाक्टर रजनिश खड्का, रौतहकी डाक्टर विनिता सिंह, डाक्टर पुष्करकुमार तिवारी, महोत्तरीका डाक्टर सिताराम सिंह कुशवाहा, डाक्टर कविता सिंह, सिरहाका डाक्टर दिपककुमार शर्मा र रौतहटका डाक्टर अजयकुमार अस्थानालाई काउन्सिलले बोलाएको ।
काउन्सिलले काउन्सिल ऐन, २०२० को दफा १३ मा भएको व्यवस्था अनुसार दर्ता किताबको अभिलेख अध्यावधिक गर्न उनीहरुलाई प्रमाण सहित बोलाएको हो।उनीहरुलाई काउन्सिलले यसअघि ०७६ फागुन २७ गते पत्र र फोन मार्फत जानकारी गराएको थियो।
तर हालसम्म पनि उनीहरु प्रमाणसहित काउन्सिलमा नपुगेपछि सार्वजनिक सूचना जारी गरेको काउन्सिलले जनाएको छ।
प्रतिक्रिया