Main News

शनिबार हुने आइसिटी अवार्डको सम्पूर्ण तयारी पूरा

हिमालय टिभी
२०७७ पुष १० गते ६:५४
शनिबार हुने आइसिटी अवार्डको सम्पूर्ण तयारी पूरा

१० पुस २०७७ काठमाडौं । शनिबार हुने हुवावे आइसिटी अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी आवार्डको पाँचौं संस्करण पर्सी शनिबार होटल सोल्टीमा हुने आयोजकले जनाएको छ ।

कोरोना महामारीका बिच सुचना प्रविधिको प्रयोग गरी अवार्डको छनोट प्रक्रिया पूरा गरिएको थियो । स्वास्थ्य मापदण्डको पालना गर्दै यसको ग्राण्ड फिनाले हुन लागेको हो । छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वासिलो भएको भन्दै आयोजकले यो अवार्ड नेपालमै उदाहरणीय हुने दावी गरेको छ ।

अवार्डमा गत वर्ष ११ विधा मात्रै रहेको भए पनि यो वर्षबाट भने एक विधा थप गरी १२ विधा पुर्यायएको छ । यो अवार्डलाई यस पटक हुवावेले मुख्य प्रायोजन गरेको छ ।

यो वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ्ग स्टुडेन्ट आइसिटी आवार्ड , एनसेल इन्नोभेसन आइसिटी अवार्ड प्रदान गरिनेछ ।

त्यस्तै डिजिटल एजुकेशन, डिजिटल गभर्नेन्स, पायोनियर आइसिटी अवार्ड , आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड प्रदान गरिनेछ ।

लिभिङ्ग विथ आइसिटीको आयोजनामा हुने हुवावे आइसिटी अवार्डको ग्राण्ड फिनाले हिमालय टेलिभिज एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *