विदेश

सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग

हिमालय टिभी
२०७७ पुष ९ गते ८:२२
सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति ट्रम्पद्वारा भिटो प्रयोग

९ पुस २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न भिटो प्रयोग गरेका छन् ।

लामो छलफलपछि कंग्रेसबाट अत्याधिक बहुमतले पारित सुरक्षा खर्च विधेयकले महत्वपूर्ण राष्ट्रिय सुरक्षाका विषय समेट्न नसकेको ट्रम्पको भनाइ छ ।

रिपब्लिकन र डेमोक्रेटिक दुबैका तर्फबाट ल्याइएको ७ सय ४० बिलियन डलर बराबरको सुरक्षा खर्चसम्बन्धी विधेयक सदनबाट पारित भएको थियो । अफगानिस्तान तथा युरोपबाट फिर्ता बोलाउन सकिने सैनिक संख्याबारे तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पको विरोध छ ।

विधेयक दुबै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएकाले राष्ट्रपतिले भिटो प्रयोग गर्दै रोकेपनि त्यसलाई सदनले अस्वीकार गर्न सक्नेछ ।

सदनबाट पारित भएका विधेयकलाई कानूनी रुप दिन राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्ने हुन्छ । तर दुर्लभ अवस्थामा राष्ट्रपतिले भिटो प्रयोग गर्न वा अस्वीकार गर्न सक्छन् ।

झण्डै एक वर्ष लगाएर तयार पारिएको ४ हजार ५ सय पृष्ठ लामो विधेयकलाई ट्रम्पले चीन र रुसका लागि उपहार भनेका छन् । सैनिक फिर्ता बोलाउने संख्या सीमित गर्नु खराब र असंवैधानिक नीति रहेको ट्रम्पको आरोप छ ।

सुरक्षा रणनीति सम्बन्धी विधेयक रोक्न ट्रम्पले भिटो प्रयोग गरेसँगै अमेरिकी सरकारका संघीय निकायहरु महामारीको बेलामा सटडाउनमा जाने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले यसअघि कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका अमेरिकीका लागि ल्याइएको प्याकेजसम्बन्धी विधेयकमा पनि हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *