विदेश

कोरोना संक्रमण फैलिएपछि भूटानमा दोस्रो चरणको लकडाउन घोषणा

हिमालय टिभी
२०७७ पुष ८ गते ७:०३
कोरोना संक्रमण फैलिएपछि भूटानमा दोस्रो चरणको लकडाउन घोषणा

८ पुस २०७७ भूटान । कोरोना संक्रमण बढेपछि भूटानले देशभर दोस्रो चरणको लकडाउन घोषणा गरेको छ ।

प्रधानमन्त्री लोते छिरिङका अनुसार यो लकडाउन आजदेखि एकसातासम्म लागू रहनेछ । मंगलबार साँझ वक्तव्य जारी गर्दै उनले थिप्पु र पारोका अस्पतालमा संक्रमणका केही घटना दर्ता भएका छन् । जसका कारण भूटानो कोविड–१९ टास्क फोर्सले देशभर कडा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री छिरिङले यो लकडाउनबाट कोरोना भाइरस फैलनबाट रोक्न सहयोग पु्ग्ने आशा रहेको बताए । यसले स्थानीय समुदायामा भाइरस फैलन रोकिने उनको विश्वास छ । सोमबार बिहानै सरकारले देशमा अन्तरजिल्ला आवतजावतमा प्रतिबन्ध लगाएको थियो ।

सरकारका अनुसार यस क्रममा स्थानीय प्रशासनले संक्रमणको स्थिति हेर क्षेत्रीयस्तरमा प्रतिबन्धहरु लगाउन सक्नेछन् । लडकडाउनका क्रममा कुनै क्षेत्रमा अत्यावश्यक पसलहरु मात्र खोल्न अनुमति दिइनेछ भने स्कु्ल, कार्यालय र अन्य व्यवसायिक प्रतिष्ठान बन्द रहनेछ ।

प्रधानमन्त्रीले सात दिनको लकडाउृनपछि स्थितिको आँकलन गरिनेछ । त्यसपछि आगामी रणनीति तय गरिने सरकारले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *