Political Hightlights

तटस्थ रहेका गौतम र थापालाई फकाउँदै प्रचण्ड–नेपाल समूह

हिमालय टिभी
२०७७ पुष ७ गते १३:३२
तटस्थ रहेका गौतम र थापालाई फकाउँदै प्रचण्ड–नेपाल समूह

७ पुस २०७७ काठमाडौं । पार्टी विभाजनको औपचारिक घोषणा हुनै लाग्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तटस्थ रहेका नेतालाई फकाउने प्रयास गरिरहेको छ ।

पछिल्लो समय तटस्थ बसेका उपाध्यक्ष वामदेव गौतम र नेता रामबहादुर थापा बादललाई आफूतिर तान्न प्रचण्ड–नेपाल समूहले कसरत गरिरहेको छ ।

यसैक्रममा प्रचण्ड–नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ आज बिहान उपाध्यक्ष गौतमको निवासमा पुग्नुभएको छ ।

गौतमले कुनै पनि समूहको भेलामा सहभागी हुन अस्वीकार गरेपछि नेताहरु फकाउन गौतमको निवास भैँसेपाटी पुगेका हुन् । भेटमा नेताहरुले खुलेर आफ्नो पक्षमा लाग्न आग्रह गरेका छन् ।

यस्तै अध्यक्ष ‘प्रचण्ड’ बादललाई फकाउन आज पनि उहाँको सरकारी निवास पुल्चोक पुग्नुभएको छ । प्रचण्डले हिजो पनि बादललाई भेट्नुभएको थियो ।

बादलले यसबारे छिट्टै निर्णय गर्ने बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । बादल पक्षको हिजो भएको भेलामा पनि केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीको कदमको विपक्षमा उत्रिन दबाब दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्