Main News

अदालतबाट संसद पुनःस्थापना हुने निवर्तमान मन्त्री भट्टराईको विश्वास

हिमालय टिभी
२०७७ पुष ६ गते १५:३७
अदालतबाट संसद पुनःस्थापना हुने निवर्तमान मन्त्री भट्टराईको विश्वास

६ पुस २०७७ काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट विघटन भएको संसद पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित औपचारिक विदाइ कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभएको हो ।

लोकतान्त्रिक प्रक्रियामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘यो ट्रयाकमा आउने मलाई विश्वास छ । यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् विवेक पु¥याउँछन् । त्यहाँका मान्छेहरु ठिक छन् भने । सतप्रतिशतभन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुनःस्थापना हुन्छ । मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने सतप्रतिशत संसद पुनःस्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’’

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको प्रस्ताव गर्दा आफुहरुले रोक्ने धेरै प्रयास गरे पनि सम्भव नभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन् । कानून र संविधानको हिसाबले मेल खाँदैन् । राजनीतिक हिसाबले राजनीतिक मूल्यलाई बोकेको छैन् । जुनसुकै कारणले भए पनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो गर्नुभयो । दुःखी छौँ ।’’

भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै पुष्गुच्छा र मायाको चिनो दिनु भएको थियो । मन्त्रालयका अन्य कर्मचारी, युनियन कर्मचारी संघठनका पदाधिकारी लगायतका व्यक्तित्वहरुले समेत मन्त्री भट्टराईलाई स–सम्मान विदाइ गरेका छन् ।

गत आइतबारको विकसित राजनीतिक घटनाक्रमसँगसँगै मन्त्री भट्टराईले हिजै आफ्नो राजीनामा घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *