Main News
संसद विघटनविरुद्ध हस्ताक्षर संकलन गर्दै नेकपा सांसदहरु
२०७७ पुष ६ गते १४:५६
६ पुस २०७७ काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन शुरु गरेका छन् ।
सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरूले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेताहरू सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया