Main News
प्रधानमन्त्री ओलीले आफूनिकट सबै पूर्व सांसदहरुलाई बालुवाटार बोलाए
२०७७ पुष ६ गते ७:१४
६ पुस २०७७ काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आफू निकट सबै पूर्व सांसदहरुलाई बालुवाटार बोलाउनुभएको छ ।
आफ्नो आगामी रणनीतिबारे छलफल गर्न र जानकारी गराउन प्रधानमन्त्री ओलीले आफू निकट पूर्वसांसदहरुलाई बालुवाटार बोलाउनुभएको हो ।
प्रधानमन्त्री ओली पक्षका नेकपाका निवर्तमान सांसदहरु बालुवाटारमा भेला हुन लागेका हुन् ।
यसैबीच संसदको ल्होत्से हलमा ओलीविरोधी खेमाका सांसदहरुले ओलीबिरुद्ध आगामी रणनीतिहरुबारे छलफल गर्ने भएका छन्। नेकपाका १७४ मध्ये ९० जना सांसदहरु प्रस्ट रुपमा ओलीविरुद्ध देखिएका छन्।
आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
प्रतिक्रिया