Main News
संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट पेश
२०७७ पुष ५ गते १९:०९
५ पुस २०७७ काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध ३ जना कानून व्यवसायीले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट निवेदन पेश गर्नु भएको हो । रिट निवेदन दर्ताको प्रक्रिया रहेको छ ।
रिट लिएर सर्वोच्च पुगेका अधिवक्ता न्यौपानेले रिट निवेदक धेरै हुनसक्ने भन्दै कर्मचारीले सबै रिट एकै पटक दर्ता गर्ने भनी प्रक्रियामा राखेको जानकारी दिनुभयो ।
प्रतिक्रिया