Main News

प्रधानमन्त्री ओलीद्वारा चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल

हिमालय टिभी
२०७७ पुष ५ गते १८:४४
प्रधानमन्त्री ओलीद्वारा चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल

५ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नु भएको छ ।

प्रतिनिधिसभाको विघटनसँगै मध्यावधि निर्वाचन घोषणा भइसकेपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल भएको हो ।

बालुवाटारमा भएको छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारी सहभागी हुनुहु्न्थ्यो ।

सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत सहभागी हुनुहुन्थ्यो ।

छलफलका क्रममा ओलीले आवश्यक निर्देशनसमेत दिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग पनि छलफल गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *