विदेश

काबुलमा भएको विष्फोटमा कम्तीमा ९ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष ५ गते १६:२२
काबुलमा भएको विष्फोटमा कम्तीमा ९ जनाको मृत्यु

५ पुस २०७७ काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा परी कम्तिमा नौ जनाको मृत्यु भएको छ ।

१५ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा एक जना सांसद पनि छन् ।

अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ताका अनुसार विस्फोटमा परी मृत्यु हुनेको संख्या बढ्न सक्नेछ । विस्फोटका कारण वरिपरी रहेका घर, पसल र सवारी साधनमा पनि क्षति पुगेको छ ।

सो विस्फोट रिमोट कन्ट्रोलको सहयताले गराइएको पनि मन्त्रालयले जनाएको छ । विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *