प्रतिनिधिसभा विघटनको विरोधमा चितवनमा प्रदर्शन
२०७७ पुष ५ गते १५:२२

५ पुस २०७७ चितवन । संसद विघटनको विरोधमा चितवनमा युवाहरुले प्रदर्शन गरेका छन् । नेकपा सम्वद्ध जनवर्गीय संगठन चितवनद्धारा भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरिएको हो ।
सहभागी युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी गरेका थिए । नेकपाकै भातृसंगठन युवा संघद्वारा आयोजित विरोध प्रदर्शनमा उनीहरूले केपी ओलीविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणबद्ध आन्दोलन शुुरु भएको बताएका छन् ।
जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेको बताएका छन् । संसदको विघटनको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रने उनीहरुले जनाएका छन् ।
प्रतिक्रिया