विदेश

कोरोना संक्रमण नियन्त्रण गर्न बेलायतमा चौथोपटक लकडाउन घोषणा

हिमालय टिभी
२०७७ पुष ५ गते ७:५४
कोरोना संक्रमण नियन्त्रण गर्न बेलायतमा चौथोपटक लकडाउन घोषणा

५ पुस २०७७ लण्डन । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा चौथो पटक लकडाउनको घोषणा गरिएको छ ।

भाइरसले नयाँ रूप लिंदै कोरोना महामारी तीव्र बनेसँगै बेलायतमा चौथोपटक लकडाउन गरिएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पत्रकार सम्मेलनमार्फत लण्डनसहित केही क्षेत्रमा कडा प्रतिबन्ध लगाइएको घोषणा गरे ।

उनले यसपटक क्रिसमस नमनाउने बताउँदै यस पटक बेलायतमा चाडपर्व फरक रहने बताए । चौथो चरणको प्रतिबन्ध दक्षिणपूर्वी बेलायतका केही क्षेत्रसहित लण्डनमा लकडाउन लागू भएको छ ।

सरकारले यसअघि क्रिसमसका लागि पाँच दिन प्रतिबन्ध खुला गर्ने घोषणा गरेको थियो । तर अहिले यसलाई घटाएर एक दिनमा सीमित गरिएको छ। प्रतिबन्धित क्षेत्रका मानिसलाई घरमै रहन, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अन्य क्षेत्रका मानिससँग भेटघाट नगर्न भनिएको छ ।

त्यस्तै सार्वजनिक स्थानमा एक जनाले एक जनासँगै मात्रै भेट गर्न पाउनेछ । कोरोना भाइरसले तीव्ररुपमा देशभर फैलिरहेको प्रधानमन्त्री जोनसनको भनाइ छ ।

बेलायती अस्पतालमा संक्रमित हुनेको संख्या बढिरहेपनि मृत्युदर भने त्यस अनुरुप नभएको बेलायती सञ्चारमाध्यमको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *