Political Hightlights

नेकपा स्थायी कमिटी बैठक आज, आन्तरिक विवादका विषयमा छलफल हुने

हिमालय टिभी
२०७७ पुष ५ गते ७:३१
नेकपा स्थायी कमिटी बैठक आज, आन्तरिक विवादका विषयमा छलफल हुने

५ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा सरकारले गत मंगलबार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्योदश फिर्ता र पार्टीमा देखिएको आन्तरिक विवादमाथि छलफल हुनेछ ।

बुधबारको बैठकमा सरकारले ल्याएको अध्यादेश र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय भए पनि अहिलेसम्म अध्यादेश फिर्ता नलिएर प्रधानमन्त्रीले बैठकमा भएको निर्णय कार्यान्वयन गर्नु भएको छैन ।

अध्यादेश फिर्ता लिन आनाकानी गरिरहेका प्रधानमन्त्री ओलीले बरु सहमति भएको अर्को दिन संवैधानिक परिषद्को बैठक बोलाउनु भएको थियो । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा बैठक रोकिएको थियो ।

चौतर्फी दबाबमा परेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो नेताहरुलाई भेट्न दौडधुप गर्नु भएको थियो । प्रधानमन्त्री स्थायी कमिटी बैठकमा पेश भएका प्रतिवेदन फिर्ता नलिएसम्म अध्यादेश फिर्ता नलिने मुडमा देखिनु भएको छ ।

सरकारले अध्यादेश जारी गरेपछि बुधबार नेकपाका सांसद संसद् अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका थिए । तर उक्त निवेदन फिर्ता भइसकेको छ ।

यसअघि आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस १० गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्