Main News
अध्यादेश र सभामुख सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने
२०७७ पुष ३ गते १५:०८
३ मंसिर, २०७७ काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा आज सुनुवाइ नहुने भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटको आज संवैधानिक इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइने सूचीमा रिखएको छ ।
यी दुवै रिटलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेशी तोकिएको थियो ।
सरकारले संवैधानिक परिषदको बैठकमा अध्यक्षसहित हाल कायम रहेका बहुमत सदस्यको सहभागितामा बैठक बस्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
प्रतिक्रिया