Main News
पछिल्लो २४ घण्टामा ९४७ कोरोना सङ्क्रमणमुक्त
२०७७ पुष २ गते १८:५७
२ पुस २०७७ काठमाडौं । हालसम्म कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा छ हजार ५८८ जनाको परीक्षण गर्दा थप ७७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमा ४६८ पुरुष र ३०८ महिला छन् ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५८० छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण छ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७४९ पुगेको छ ।
प्रतिक्रिया