Main News

९ महिनापछि आजबाट दर्शनार्थीका लागि खुल्यो पशुपतिनाथको मन्दिर

हिमालय टिभी
२०७७ पुष १ गते ९:०१
९ महिनापछि आजबाट दर्शनार्थीका लागि खुल्यो पशुपतिनाथको मन्दिर

१ पुस २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द रहेको काठमाडौंको पशुपतिनाथ मन्दिर आजबाट खुल्ला भएको छ ।

दर्शनार्थीका लागि मन्दिर खुल्नु पूर्व हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजा गर्नुभएको थियो । हिजो राष्ट्रपतिबाट क्षमापूजा सम्पन्न भएपछि आजबाट दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिएको हो ।

पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्नेछ । दर्शनार्थीहरुका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने तत्काल नहुने डा. ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *