आजको मौसमः तराईमा हुस्सु लाग्ने, काठमाडौंको तापक्रम पनि न्यून

१ पुस २०७७ काठमाडौं । पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण चिसो बढेको छ ।
हाल प्रदेश २, वाग्गमती प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ ।
प्रदेश १, २ र वाग्मती प्रदेशका केही भागमा मौसम सामान्य बदली रहने र बाँकी भागको मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १, २, तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
आज साँझ देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । काठमाडौं उपत्यकाको मौसम पनि सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीचमा रहनेछ ।
प्रतिक्रिया