सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यस्पद भएको देउवाको टिप्पणी
३० मंसिर, २०७७ काठमाडौं । सरकारले जारी गरेको अध्यादेशका बारेमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कडा टिप्पणी आएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा आफ्नो पार्टीको प्रष्ट विमति रहेको बताउनु भएको छ ।
समाजिक सञ्जाल ट्वीटरमार्फत सभापति देउवाले यसबाट सर्वसत्तावादी सोच प्रष्टिएको बताउनुभयो । उहाँले उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद रहेको उल्लेख गर्नुभएको छ ।
देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक रहेको जनाउनुभयो ।
सरकारले आजै परिषद् अध्यक्ष प्रधानमन्त्रीसहित बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो।
उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ l यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ l
यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !
— Sher Bahadur Deuba (@DeubaSherbdr) December 15, 2020
प्रतिक्रिया