विराटनगरमा बन्ने भयो प्रादेशिक प्रयोगशालासहितका आधुनिक भवन
२०७७ मंसिर ३० गते १७:४०

३० मंसिर, २०७७, विराटनगर । आठ करोडभन्दा बढीको लागतमा विराटनगरमा प्रादेशिक प्रयोगशालासहितको आधुनिक भवन निर्माण हुने भएको छ ।
विराटनगर उपमहानगरपालिका– १४ मा रहेको स्नातकोत्तर क्याम्पसको ८ कठ्ठा १२ धुर जग्गा लिजमा लिएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रादेशिक प्रयोगशाला सञ्चालनका लागि भवन निर्माण काम शुरुवात गरेको हो ।
दातृ निकाय सेभ द चिल्ड्रेनको व्यवस्थापनमा निर्माण हुने प्रयोगशालाको मुख्यमन्त्री शेरधन राईले शिलन्यास गर्नुभएको छ ।
भवन छ महिनामा निर्माण सम्पन्न गरिसक्ने र आठ महिनापछि नयाँ भवनबाट सर्वसुलभ मूल्यमा सेवा प्रदान गर्ने प्रदेश सरकारको तयारी छ ।
प्रतिक्रिया