विदेश

जापानमा ९ जनाको हत्या आरोपी ‘ट्वीटर किलर’ लाई मृत्युदण्ड

हिमालय टिभी
२०७७ मंसिर ३० गते १४:४९
जापानमा ९ जनाको हत्या आरोपी ‘ट्वीटर किलर’ लाई मृत्युदण्ड

३० मंसिर, २०७७ टोक्यो । जापानका एक सिरियल किलरलाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।

ताकाहिरो शिराइसी नाम गरेका ती ब्यक्तिले ट्वीटरबाट सम्पर्क गरेर नौ जना ब्यक्तिको हत्या गरेको पुष्टि भएको छ । उनलाई ट्वीटर किलर उपनाम दिइएको थियो ।

सन् २०१७ मा उनको फ्ल्याटमा मावन शरिरको अंगहरु भेटिएपछि पक्राउ गरिएको थियो । उनले हत्या गरेको सबैजसो ब्यक्ति युवती रहेको बताइएको छ ।

ट्वीटरमा उनले ती युवतीहरुसँग आत्महत्याका बारेमा छलफल गरेको अनुसन्धानका क्रममा खुलेको थियो । आत्महत्या गर्न चाहने युवतीहरुलाई आफ्नो फ्ल्याटमा बोलाएर हत्या गरेको अभियोग उनले पनि स्वीकार गरेको बताइएको छ । उनका वकिलले भने पीडित आफैंले मृत्यु वरण गर्न चाहेको भन्दै सजायँ कम गराउने दलिल पेश गरेका थिए ।

तर, पछि ती हत्याराले कुनै पनि महिलाले मर्न नचाहेको भन्दै आफू दोषि रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *