विदेश
सैन्य एजेन्सीमाथि अमेरिकी प्रतिबन्ध, जवाफी कारवाही गर्ने टर्कीको चेतावनी
२०७७ मंसिर ३० गते ६:५०
![सैन्य एजेन्सीमाथि अमेरिकी प्रतिबन्ध, जवाफी कारवाही गर्ने टर्कीको चेतावनी](https://www.himalayatv.com/wp-content/uploads/2020/12/difence.jpg)
३० मंसिर, २०७७ काठमाडौं । अमेरिकाले रुसी डिफेन्स सिस्टम किनेका कारण टर्कीको सैन्य खरिद एजेन्सीमाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकी विदेशमन्त्री माइक पेम्मियोले अमेरिकाले सतहबाट आकाशमा मार गर्ने एस–४०० हतियार प्रणाली किन्ने आफ्ना नेटो सहयोगीहरुलाई यसबाट अमेरिकी सैनिक जवानका लागि खतरा उत्पन्न हुने स्पष्ट पारेका छन् ।
आफ्नो एजेन्सीमाथि लगाएको प्रतिबन्धप्रति टर्कीको विदेशमन्त्रीले अमेरिकाको कडा आलोचना गरेको छ । साथै उसले जवाफी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
टर्कीको विदेशमन्त्रालयले रुसी डिफेन्स सिस्टमका कारण नेटोमाथि सुरक्षा खतरा उन्पन्न हुने कुरा अस्वीकार गरेको छ। एजेन्सी
प्रतिक्रिया