Main News

किसान मार्न पाइँदैन भन्दै उखु किसानको आन्दोलनमा बद्री पंगेनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २९ गते २०:४७
किसान मार्न पाइँदैन भन्दै उखु किसानको आन्दोलनमा बद्री पंगेनी (भिडियोसहित)

२९ मंसिर, २०७७ काठमाडौं । चार पाँच वर्षअघि चिनी मिललाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै उखु किसान निरन्तर आन्दोलनमा छन् । उनीहरुले काठमाडौंको माइतिघरमा आज पनि प्रदर्शन गरेका छन् ।

चार–पाँच वर्षअघि चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग गरेर किसानले निरन्तर आन्दोलन गरिरहेका छन् । उनीहरु पछिल्ला केही वर्ष माग लिएर काठमाडौं धाउने र उधारो सहमति गरेर गाउँ फर्किने गरेका छन् । मेहनतको पैसा पाउन, हारगुहार गरिरहेका किसान अहिले सरकारसँग नै आजित छन् ।

लोक गायक बद्री पंगेनीको गीतले जस्तै किसानको उखुबाट चिनी बनाएर मिल मालिकले पैसा उठाइसकेका छन् । तर तिनै मिल मालिकले किसानलाई दिनु पर्ने पैसा दिएका छैनन् । त्यसैले पैसा माग्न सर्लाहीबाट आएका किसानले काठमाडौंमा प्रदर्शन गरिरहेका छन ।

आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका कलाकार पंगेनीले किसान मार्न पाइँदैन भने पनि किसान सरकार र मिलमालिकबाट पेलिएका छन् । पोहोर माघमै पैसा दिलाउँछु भनेर सहमति गर्ने सरकारले आजसम्म पैसा दिलाउन सकेका छैनन् । त्यसैले सरकार नभएको उनीहरुको अनुभव छ ।

उखु किसानले अहिले मिल मालिकबाट ९० करोड रुपैयाँ लिन बाँकी छ । तर पटक पटक सहमति गर्दै उनीहरुलाई सरकारले जिस्काउने काम मात्रै गरेको छ । पटकपटक रित्तो हात फर्कनु पर्दा उनीहरुको मन दुख्छ । उखु किसान राम स्वार्थ रायको मन, मन दुख्ने मात्रै होईन, मन आगो लागेको छ र भतभती पोलेको छ ।

पटकपटक आन्दोलन गर्दा पनि कुनै सुनुवाई नभएकोमा उनीहरु प्रश्न गर्छन् । आन्दोलन गर्नू किसानको पेशा हो सरकार रु

यसअघि पटक पटक आश्वासन र सहमतिका भरमा भाखा राखेर घर फर्कने किसान यो पटक भने पैसा लिएर मात्रै घर जाने अडानमा छ्न ।

उखु खेती गर्न , यी किसानले आफ्नो पसिना बगाए,साहुसँग ऋण लिए । तर पसिनाको मूल्य भने हारगुहार गर्दा पनि पाउन सकेनन् । जस्ले अरुको पेट भर्छ उनीहरुनै भोकै बस्नुपर्ने अवस्था आउनु नेकपा सरकारका लागि लज्जाको विषय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *