Main News
किसानको बक्यौता भुक्तानीबारे चिनी उद्यमीसँग सरकारले थाल्यो वार्ता
२०७७ मंसिर २९ गते १५:०९

२९ मंसिर, २०७७ काठमाडौं । भुक्तानी माग्दै उखु किसानले माइतीघरमा प्रदर्शन थालेपछि सरकारले चिनी उद्योगीसँग वार्ता थालेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीलाई बोलाएर किसानको भुक्तानी समस्याबारे छलफल गर्न लागेको हो ।
देशभरका ६ वटा चिनी मिलले किसानको करिब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
मन्त्रालयले आन्दोलनरत किसानलाई पनि वार्तामा बोलाएको छ । तर किसानले भने आफूहरुको पैसा लिएर माइतीघरमै आउनु पर्ने बताएका छन् ।
प्रतिक्रिया