Main News
राजपुर बमकाण्डः पूर्वमन्त्री आफताबका भाइ महताब जेल चलान (भिडियोसहित)
२०७७ मंसिर २८ गते १८:५४
२८ मंसिर, २०७७ रौतहट । रौतहटको राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
२०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका आलमलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको छ । राजपुर बमकाण्डमा रौतहट क्षेत्र २ का सांसद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो ।
जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ गते आफताबलाई पुर्पक्षका लागि कारागार पठाएको थियो ।
प्रतिक्रिया