Main News

२० प्रतिशत नेपालीलाई कोरोनाविरुद्धको ‘कोभ्याक्स’ लगाउने सरकारको तयारी

हिमालय टिभी
२०७७ मंसिर २८ गते १६:५८
२० प्रतिशत नेपालीलाई कोरोनाविरुद्धको ‘कोभ्याक्स’ लगाउने सरकारको तयारी

२८ मंसिर, २०७७ काठमाडौं । सरकारले विश्व स्वास्थ्य संगठन, ग्लोबल भ्याक्सिन अलाइन्स ‘गाभी’ र ‘सेपी’ संगठनसँग मिलेर बनाएको ‘कोभ्याक्स कोरोना भ्याक्सिन २० प्रतिशत जनतामा लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कुल जनसंख्याको २० प्रतिशतमा को भ्याक्स लगाउने तयारी भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार १४ वर्षभन्दा मुनिका बालबालिकालाई लगाउने खोप अहिलेसम्म बनिनसकेको र १४ वर्ष भन्दा माथिका ७२ प्रतिशतमध्ये २० प्रतिशतमा को भ्याक्स लगाउने तयारी गरिएको छ ।

सरकारले अन्य खोप ल्याउन पनि पहल भइरहेको र त्यसका लागि समिति बनेको जनाएको छ ।अहिले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउनु पनि सरकारले अपील गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *