कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई कोरोना संक्रमण

२७ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार गरेको पीसीआर परीक्षणमा सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको हो । सिटौलाले आफूलाई कोरोना पोजिटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी गराउनुभएको थियो ।
सिटौलाले पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण पौडेललाई फोन गरेर आफू कोरोना संक्रमित भएको जानकारी गराउनुभएको हो ।
सिटौलाले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन पनि अनुरोध गर्नुभएको छ । फेसबुकमार्फत् सिटौलाले आफू संक्रमित भएको र निकट रहेकालाई परीक्षण गर्न आग्रह गर्नुभएको हो ।
कांग्रेस पूर्वमहामन्त्री सिटौलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिनुभएको छ । सिटौला हाल होम आइसोलेसनमै रहेका छन् ।
प्रतिक्रिया