Main News
कलंकीमा ट्रकले आठ वटा सवारी साधनलाई दियो ठक्कर एक जनाको मृत्यु, ६ जना घाइते
२०७७ मंसिर २६ गते २०:५५

२६ मंसिर, २०७७ काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
नागढुंगाबाट कलंकीतिर आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल भएर ८ वटा सवारी साधनलाई ठक्कर दिएको हो ।
घटनास्थलमै मृत्यु हुनेको पुरुषको पहिचान नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया