बलात्कारको घटना गाउँमै मिलापत्र गराउने ६ जना पक्राउ

हिमालय टिभी
२०७७ मंसिर २६ गते १६:४६
बलात्कारको घटना गाउँमै मिलापत्र गराउने ६ जना पक्राउ

२६ मंसिर, २०७७ मोरङ । बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा मोरङमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले बलात्कारको घटना मिलापत्र गराएको आरोपमा मोरङको धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका वडा नम्बर १ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नम्बर ८ का ५३ वर्षीय मथालु खवासलाई पक्राउ गरेको हो ।

गत भदौ २४ गते सुनवर्षीकी २१ वर्षे किशोरीलाई खेतमा मल छर्दैगर्दा बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेशकुमार खवासले बलात्कार गरेको घटना बाहिरिएपछि जबरजस्ती मिलापत्र गराइएको थियो ।

गाउँघरमै दुवै पक्ष बसेर पीडितलाई ५ लाख दिने सहमति गरेको कागज प्रहरीले फेला पारेपछि त्यसमा संलग्न ६ जनालाइ पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । जबरजस्ती करणीका मुख्य अभियुक्त खवास यस अघिनै पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *