Main News

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवा नेपाल भ्रमणमा, प्रधनमन्त्री ओलीसँग भेट (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २५ गते २०:१६
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवा नेपाल भ्रमणमा, प्रधनमन्त्री ओलीसँग भेट (भिडियोसहित)

२५ मंसिर, २०७७ काठमाडौं । भारतीय विदेश सचिव फर्केको दुई हप्ता बित्न नपाउँदै भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को निम्तोमा नेपाल आएका चौथाइवालेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

भेटमा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो ।

भारतले नेपाली भूमि मिचेर गत वर्ष आफ्नो नक्सामै राखेपछि दुई देशका नेताबीच पनि संवाद तथा भेटवार्ता केहि महिना रोकिएको थियो । तर गत अगष्ट १५ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि भने भारत र नेपालबीच बिभिन्न तहमा आपसी भ्रमण र वार्ता फेरि शुरु भएको छ ।

भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षबर्द्धन शृंगलाले नेपालको भ्रमण गरिसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *