Main News

राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ ल्याइयो

हिमालय टिभी
२०७७ मंसिर २५ गते १९:५६
राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ ल्याइयो

२५ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि आज झापाबाट काठमाडौँ ल्याइएको छ ।

पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उहाँमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि उहाँलाई आज बेलुकी ७ः३० बजे काठमाडौँ ल्याइएका हो ।

नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । उहाँलाई काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको छ ।

आजै उहाँको पीसीआर परीक्षण गरिएको र कोभिड– १९ नेगेटिभ रिपोर्ट आएको ओझाले जानकारी दिनुभयो । सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल ¥यालीको नेतृत्व गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *