विदेश

भारतले शुरु गर्‍यो कोरोनाविरुद्धको खोप लगाउने प्रक्रिया

हिमालय टिभी
२०७७ मंसिर २४ गते १८:३८
भारतले शुरु गर्‍यो कोरोनाविरुद्धको खोप लगाउने प्रक्रिया

२४ मंसिर, २०७७ नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले पनि कोरोनाविरुद्धको खोप प्रयोगका लागि अनुमति दिने प्रकृया अघि बढाएको छ ।

मन्त्रालयका अनुसार केही साताभित्र खोपलाई अनुमति दिइनेछ । भारतमा अहिले तीनवटा खोप उत्पादक कम्पनीले प्रयोगका लागि मान्यता दिलाइदिन आवेदन दिइसकेका छन् । आवेदन दिने कम्पनीमा अक्सफोर्ड, फाइजर र भारत बायोटेक छन् ।

त्यहाँका स्वास्थ्य सचिवका अनुसार केही साताभित्र केही कम्पनीलाई अनुमति दिइनेछ । कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म ९७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने एक लाख ४१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

भारतले पहिलो चरणमा एक करोड स्वास्थ्यकर्मी तथा दोस्रो चरणमा २ करोड सुरक्षाकर्मीलाई खोप लगाउने योजना बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *