Main News

सगरमाथाको उचाइ नाप्दा आए यस्ता कठिनाइ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २३ गते २०:४६
सगरमाथाको उचाइ नाप्दा आए यस्ता कठिनाइ (भिडियोसहित)

२३ मंसिर, २०७७ काठमाडौं । विश्वमा जहाँ पुगे पनि नेपालीले गर्व गर्ने सगरमाथाको उचाइ भने अहिलेसम्म आफै नाप्न सकेको थिएन । अहिले आफै नापेर उचाइ सार्वजनिक गरेपछि सरकार दंग छ । उचाइ नाप्दा नापी विभागका कर्मचारी सगरमाथाकै चुचुरोमा पुगेका थिए । उचाइ नाप्दाका कठिनाइ कस्ता थिए त ?

सरकार आफैले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ नाप्ने निर्णय गरेपछि नापी विभागले पनि तयारी गर्‍यो । काम अघि बढ्यो । त्यसका लागि सगरमाथाकै चुचुरोमा पुग्नु आवस्यक थियो । यी सबै काम सम्पन्न गरेर नयाँ उचाइ सार्वजनिक गरिरहँदा अभियानका लागि सगरमाथाको चुचुरोमा पुगेका नापी विभागका अधिकृत खिमलाल गौतम निकै खुसी र उत्साहित देखिनुभयो ।

उचाइ नाप्न रविन कार्की, सुरजसिंह भण्डारी युवराज धिपात र खिमलाल गौतमको टोली फिल्डमा खटिएको थियो । तीमध्ये दुई जनाले सगरमाथाको चुचुरोमा पुगेर करिव २ घण्टा नापजाँच गरे । उनीहरुलाई केही शेर्पाले यसमा साथ दिएका थिए । सहज अवस्थामा पनि सगरमाथाको चुचुरोमा पुग्नु जो कोहीका लागि चुनौतिपूर्ण काम हो । तर यहाँ त नाप्ने सामग्री बोकेर काम पनि गर्नुपर्ने थियो । यात्राको क्रममा उनीहरुले विभिन्न कठिनाइ भोगे ।

उचाइ नाप्न सगरमाथा चढ्दा ज्यानकै बाजी लगाउनुपर्ने अवस्थासमेत आयो । एकजना कर्मचारीलाई शेर्पाले बल्लतल्ल बचाए ।

कठिन कामका बीच पनि यात्रा रोमाञ्चक थियो । किनकी जसरी पनि सगरमाथाको उचाइ नापेर फर्कनुपर्ने थियो । शेर्पाको सहयोगमा नापी विभागका कर्मचारीले यो काम सम्पन्न गरेका छन् । त्यतिबेलाका कठिनाइ अहिले सुखद क्षणमा परिणत भएको छ । त्यसैले उनीहरु त उचाइ सार्वजनिक कार्यक्रममा यसरी निकै हर्षित र उत्साहित देखिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *