Main News

जग्गा कित्ताकाटमा सर्वोच्च अदालतले लगायो रोक

हिमालय टिभी
२०७७ मंसिर २३ गते १७:३८
जग्गा कित्ताकाटमा सर्वोच्च अदालतले लगायो रोक

२३ मंसिर, २०७७ काठमाडौं । जग्गाको कित्ताकाट खोल्ने सरकरको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्च अदालतले सरकारको निर्णय गैर कानूनी भएको ठहर गर्दै रोक लगाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डाक्टर मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णय बदर गरिदिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

मन्त्रीस्तरीय निर्णयबाट भदौ १८ गते जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भदौ २८ गते निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।त्यही रिटमा सर्वोच्चले आज फैसला दिएको हो ।

सर्वोच्चको यो फैसलापछि तत्काल कित्ताकाट नखुल्ने भएको छ। २०७४ साउन २६ मा भूमि व्यवस्था मन्त्रालयको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो ।

तर गत भदौ १८मा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले २०७४ को निर्णय बदर गर्दै कित्ताकाट फुकुवा गर्नुभएको थियो । तर यो निर्णयको सर्वत्र आलोचना भएको थियो । सरकारले भने अघिल्लो निर्णयबाट पहुँचवाला र सीमित व्यक्ति मात्रै लाभान्वित भएको भन्दै कित्ताकाट खोलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *