Main News

इजरायलले आगामी महिनादेखि नेपाली कामदार लैजाने प्रक्रिया शुरु गर्ने

हिमालय टिभी
२०७७ मंसिर २३ गते १६:४७
इजरायलले आगामी महिनादेखि नेपाली कामदार लैजाने प्रक्रिया शुरु गर्ने

२३ मंसिर, २०७७ काठमाडौं । इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ ।

नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताउनुभएको हो । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै राजदूत गोडरले यस्तो बताउनुभएको हो ।

नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ । सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो ।

सोही सम्झौता कार्यान्वयन गर्दै आगामी महिनादेखि कामदार छनौट प्रक्रिया शुरु गरिने राजदूत गोडरले बताउनुभयो ।

सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने पनि राजदूत गोडरले बताउनुभयो । सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । यस्तै नेपली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षणसमेत पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *