खेलकूद

कतार विश्वकप फूटबलका लागि युरोपियन छनोटको समूह विभाजन तालिका सार्वजनिक

हिमालय टिभी
२०७७ मंसिर २३ गते ७:३७
कतार विश्वकप फूटबलका लागि युरोपियन छनोटको समूह विभाजन तालिका सार्वजनिक

२३ मंसिर, २०७७ काठमाडौं । कतारमा आगामी वर्ष आयोजना हुने फिफा विश्वकप फूटबलका लागि युरोपियन छनोटको समूह विभाजन तालिका सार्वजनिक भएको छ ।

सन् २०२२ मा हुने फिफा विश्वकपका लागि युरोपियन छनोटको समूह विभाजन सार्वजनिक भएको हो । युनियन अफ युरोपियन फूटबल एशोसिएसन (यूईएफए)ले गएराति समूह चरणको ड्र सार्वजनिक गरेको हो ।

युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जमबर्ग र अजरबैजान रहेका छन् । यस्तै समूह बी मा स्पेन, स्वीडेन, ग्रीस, जर्जिया र कोसोभो परेका छन् ।

यस्तै समूह सी मा इटली, स्वीटजरल्याण्ड, उत्तरी आयरल्याण्ड, बुल्गेरिया र लिथुआनीय, समूह डी मा फ्रान्स, युक्रेन, फिनल्याण्ड, बोस्निया एण्ड हर्जगोभिनार काजकास्तान, समूह ई मा बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस र एस्टोनिया रहेका छन् ।

यस्तै समूह एफ मा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्याण्ड र मोल्डोभा रहेका छन् । समूह जी मा नेदरल्याण्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्रालटार, समूह एचमा क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टा रहेका छन् भने समूह आई मा इंग्ल्याण्ड, पोल्याण्ड, हंगेरी, अल्बानिया, एन्डोरा र सान मारिनो तथा समूह जे मा जर्मनी, रोमानिया, आइसल्याण्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया र लिक्टेन्स्टाइन रहेका छन् ।

छनोट खेल आगामी मार्च महिनादेखि शुरु हुनेछन् । समूहको शीर्ष टोलीले सोझै विश्वकपमा स्थान बनाउने छ । त्यस्तै समूहको दोस्रो स्थानमा रहने टोलीले भने नेसन्स लीगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्