सुत्केरीको मृत्यु प्रकरणमा अस्पताल र आफन्तबीच सहमति

हिमालय टिभी
२०७७ मंसिर २२ गते १८:५६
सुत्केरीको मृत्यु प्रकरणमा अस्पताल र आफन्तबीच सहमति

२२ मंसिर, २०७७ रुपन्देही । रुपन्देहीको देवदह मेडिकल कलेजको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएका आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ ।

तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको अपरेसनमा लापरबाही भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका थिए ।

अस्पतालले मृतकका छोरालाई शिक्षादिक्षा सँगै स्वस्थ्य उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफन्तले शव बुझेका छन् ।

तिलोत्तमा नगरपालिका कान्छी बजारकी राधालाई सुत्केरी बेथाले च्यापे पछि मंसिर १७ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

शल्यक्रियामार्फत १८ गते बच्चा निकालिएको थियो । त्यसको ३ दिनपछि राधाको अस्पतालमा मृत्यु भएपछि लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गर्दै आएका थिए ।

सुत्केरीलाई बचाउन हरसम्भव प्रयास गरेको भन्दै अस्पतालले उपचारमा कुनै लापरबाही नभएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *