रुसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप वितरण शुरु

२२ मंसिर, २०७७ मस्को । रुसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपको वितरण शुरु गरेको छ ।
स्पुतनिक–५ नामक सो खोपलाई आधिकारिक मान्यता दिइनसकेको अवस्थामा पनि रुसले वितरण शुरु गरेको छ ।
यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको रुसी अधिकारीको दाबी छ । तर, यो खोप लगाएपछि कम्तिमा डेढ महिना अरु औषधी र मादक पद्धार्थ सेवन गर्न नहुने रुसी उपप्रधानमन्त्री तातियाना गोलिकोभाले बताएका छन् ।
यो खोप हिलो चरणमा स्वास्थ्यकर्मी र विद्यालय क्षेत्र आबद्धहरुलाई उपलब्ध गराइएको छ ।
पछिल्लो पटक रुसमा २९ हजारभन्दा धेरै संक्रमित थपिएका छन् भने चार सय ५७ जनाको मृत्यु भएको छ । त्यहाँ कुल संक्रमितको संख्या साढे २४ लाख नाघेको छ भने ४३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
यो खोप वितरणपछि भाइरस संक्रमण नियन्त्रणतर्फ उन्मुख हुने रुसको दाबी छ ।
प्रतिक्रिया