Political Hightlights

स्थायी कमिटीमा पत्र आउनु ओली उपस्थित भएसरह होः नेता रावल

हिमालय टिभी
२०७७ मंसिर २१ गते १९:०५
स्थायी कमिटीमा पत्र आउनु ओली उपस्थित भएसरह होः नेता रावल

२१ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको बैठकमा अनुपस्थितिबारे नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको प्रतिक्रिया आएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै रावलले पत्र पठाएर ओलीले राजनीतिक रुपमा बैठकमा उपस्थिति जनाएको बताउनुभयो छ । अब भौतिक रुपमा ओली नआए पनि नेकपाले निर्णय गर्ने र अनिर्णयको अवस्थामा नबस्ने रावलको दावी छ ।

ओलीको पत्रले उपस्थिति जनाइसकेको भन्दै रावलले ओलीको उपस्थितिभन्दा ठूलो आजको संकटको निकास भएकाले बैठक बसेको र संकट समाधानमा केन्द्रीत रहेको रावलले बताउनुभयो ।

अर्को बैठकमा अध्यक्ष ओली भौतिक रुपमै उपस्थित हुने रावलको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्