चांगी एयरपोर्टः जहाँ विश्वकै अग्लो इन्डोर झरना छ, कम्प्लेक्सभित्रै जंगल
सिंगापुर । सिंगापुरको चांगी एयरपोर्ट विश्वकै उत्कृष्ट विमानस्थलमध्ये एक हो । विश्वकै एयर ट्रान्जिटको हव यो एयरपोर्टले यात्रुको मनोरञ्जनलाई ध्यान पुर्याउँदै विभिन्न सुविधाहरु दिँदै आएको छ ।
यात्रुका लागि ट्रान्जिट निकै दिक्दारी पूर्ण हुन्छ । कहिले काहीँ त ट्रान्जिट नै १२ घण्टाको पनि हुने गरेको छ । यो अवस्थामा यात्रुलाई समय कटाउन मुस्किल पर्दै आएको छ । यदि तपाई सिंगापुरको चांगी एयरपोर्टमा ट्रान्जिटमा पर्नु भयो भने यस्तो महशुस गर्न पाउनु हुनेछैन । ट्रान्जिटको समय तपाईलाई कम भएको जस्तो लाग्न सक्छ । किनभने यो एयरपोर्ट यति सुन्दर बनाइएको छ की तपाईलाई घुमेर धित नमर्न सक्छ ।
विमानस्थल विदेशी यात्रु वा पर्यटकका गन्तब्य स्थानको पहिलो प्रभाव पार्न सक्ने स्थान हो । यहाँ ठूलो कृतिम झरना बनाइएको छ जसले पर्यटकको ध्यान तान्ने गरेको छ ।
एयरपोर्टभित्र जेवेल कम्प्लेक्स बनाइएको छ । कम्प्लेक्सको सबैभन्दा ठूलो आकर्षण त्यहाँको कृतिम झरना हुनेछ । जेवेल सपिङ, डाइनिङ, मनोरञ्जन र बसोबास गर्नका लागि विश्वकै उत्कृष्ट कम्प्लेक्समा गनिँदै आएको छ । विमानमा यात्रा गर्नेका लागिमात्र होइन, सबैका लागि जेवेल कम्प्लेक्स ट्रान्जिट पोइन्ट बन्नेछ ।
विश्व प्रख्यात आर्किटेक्ट मोशे साफ्डाईले डिजाइन गरेको जेवेल कम्प्लेक्स १.३ बिलियन अमेरिकी डलरमा निर्माण भएको हो । सिसा र स्टिलको चम्किलो आकारमा बनेको यो कम्प्लेक्सले सिंगापुर आउने जो–कोहीको ध्यान तान्नेछ ।
कम्प्लेक्सको २८० वटा सपिङ स्टल र रेस्टुरेन्टबाहेक ४० मिटर अग्लो झरना आकर्षणको मुख्य केन्द्रविन्दु हो । यो झरना विश्वकै सबैभन्दा अग्लो इन्डोर झरना हो । यो झरना अमेरिकन कम्पनी डब्ल्युइटीसँगको सहकार्यमा बनाइएको हो ।
लस भेगासको फाउन्टेन्स अफ बेल्लाजियो डब्ल्युइटीले नै बनाएको हो । यो कम्प्लेक्समा क्लाइमेट कन्ट्रोल फरेस्ट भ्याली गार्डेन पनि बनाइएको छ । जहाँ हजारौं रुख, बोट विरुवा र फूलहरु देख्न सकिन्छ ।
यो गन्तब्य बालबच्चासँग आउनेहरुका लागि पनि उत्कृष्ट गन्तब्य हुनेछ । किनभने यहाँ बच्चाहरुको मनोरञ्जनका लागि पनि विशेष व्यवस्था छ । यो कम्प्लेक्स गत वर्षको अप्रिल १७ मा सर्वसाधारणका लागि खुल्ला भएको हो । एजेन्सी
प्रतिक्रिया