विदेश
बेलायत र युरोपियन युनियनबीच व्यापार वार्ता हुने
२०७७ मंसिर २१ गते ७:३४
२१ मंसिर, २०७७ लण्डन । बेलायत र युरोपियन युनियन (ईयु) बीच व्यापार वार्ता हुने भएको छ ।
बेलायत र ईयुले केही मतभेदका बावजूद व्यापार वार्ता पुनः शुरु गर्ने निर्णय गरेका हुन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र ईयुकी अध्यक्ष उर्सुला भान डेर लिएनले टेलिफोनमा कुराकानी गर्दै वार्ता गर्ने निर्णय गरेका हुन् ।
बेलायत र ईयुले जारी गरेका विज्ञप्तीमा केही महत्वपूर्ण मुद्दामा छलफल गर्नुपर्ने बताएका छन् । दुबै देशबीच माछा मार्ने अधिकार, प्रतिस्पर्धी नियम र कसरी कुनै सम्झौता लागू हुने लगायतबारे अझै समस्या रहेको छ ।
यसबारे दुबै तर्फका वार्ता टोलीका सदस्यबीच आज ब्रसेल्समा छलफल हुनेछ । यसबारे भोलि दुबै देशका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया