Main News

६ हजार ७४ जनामा परीक्षण गर्दा १०२४ जनामा कोरोना पुष्टि, थप १० जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर २० गते १६:२८
६ हजार ७४ जनामा परीक्षण गर्दा १०२४ जनामा कोरोना पुष्टि, थप १० जनाको मृत्यु

२० मंसिर, २०७७ काठमाडौं । सरकारले कोरोना परीक्षणको दर निकै घटाएको छ । परीक्षण कम भएपछि संक्रमितको संख्या पनि घटेको छ ।

पछिल्लो पटक ६ हजार ७४ नमूनाको पीसीआर परीक्षण गर्दा एक हजार २४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४ सय ६० जना छन् । तीन जिल्लामध्ये काठमाडौंमा ५ हजार ६ सय ५१, भक्तपुरमा ४ सय ९३ र ललितपुरमा एक हजार एक सय २८ जना सक्रिय संक्रमित छन् । 

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५ छ।  थप दुई हजार २ सय ६ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो पटक कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *