Political Hightlights

मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने

हिमालय टिभी
२०७७ मंसिर २० गते १३:३५
मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने

२० मंसिर, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

सरकारले निरंकुश प्रवृत्ति देखाएको भन्दै कांग्रेसले आगामी २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले सरकारले अधिनायकवादी प्रवृत्ति देखाइराखेको र देशमा दमन र बेथितिको अवस्था रहेको बताउनुभयो । त्यसबाहेक कोभिड १९ अव्यवस्थापनमा चरम सीमा नाघेको र भ्रष्टाचारलाई संरक्षण गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनुभयो ।

यस्तै संसद बैठक तत्काल बोलाउनसमेत माग गरिएको सहमहामन्त्री महतले बताउनुभयो । सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

कोभिडको अव्यवस्थापन, भ्रष्टाचार, दमनकारी प्रवृत्तिलगायतका विषमा तत्काल छलफल गर्न आवश्यक रहेकाले पनि संसद बैठक माग गरिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्