Main News

पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा

हिमालय टिभी
२०७७ मंसिर १७ गते १३:१७
पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा

१७ मंसिर, २०७७ काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ ।

एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुषणरहित शवदाह गृह आजदेखि सञ्चालनमा आएको हो । आज बैंकले एक औपचारिक कार्यक्रम गरेर उक्त शवदाह गृह पुशपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।

यससँगै आजैदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदुषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

आधुनिक शवदाह गृहले हिन्दूहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गर्नुभयो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरिएको बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताउनुभयो । यस्तै एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *