Political Hightlights
कांग्रेसको १४औं महाधिवेशन निर्धारित मितिमै हुनुपर्छः नेता पौडेल
२०७७ मंसिर १७ गते १३:११
१७ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताउनुभएको छ ।
तनहुँको दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै महाअधिवेशन हुनुपर्ने बताउनुभयो ।
पार्टी र विधानको रक्षा गर्न पनि तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने भन्दै उहाँले त्यसका लागि आफूले आन्तरिकरुपमा सङ्घर्ष गरिरहेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवर्द्धन र अन्यायविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया