नयाँ धरहरा निर्माणका काम अन्तिम चरणमा

१७ मंसिर, २०७७ काठमाडौं । सुन्धारामा निर्माण हुँदै गरेको नयाँ धरहराको काम अन्तिम चरणमा पुगेको छ ।
बन्न लागेको २२ तलाको धरहरामध्ये २० तलाको ढलान हुन लागेको निर्माण कम्पनी रमन कन्सट्रक्सनले जनाएको छ ।
कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले बाँकी दुई तलाको काम दुईदेखि तीन महिनाको बीचमा सम्पन्न हुने बताउनुभयो । तर धरहरालाई अन्तिम रुप दिने कामका लागि केही समय लाग्नेछ ।
धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट बनाउने, वाइरिङ, फिनिसिङको काम पनि भइरहेको कम्पनीले जनाएको छ ।
शुरुमा कोरोनाका कारण काममा केही असर गरेपनि काम भइरहेको श्रेष्ठले बताउनुभयो । २२ तले धरहरा पहिलेको धरहराको शैलीमा बन्नेछ भने शिरमा पुरानै धरहराको गजुर राखिनेछ । नयाँ धरहरा बालबालिका, जेष्ठ नागरिक, अपाङ्गमैत्री बन्नेछ ।
धरोहरा चढ्न हिँड्न नसक्नेका लागि दुई वटा लिप्टको व्यवस्था गरिएको छ । चारसय साना गाडी र सातसय मोटर साइकल अट्ने क्षमताको पार्किङ बनिरहेको छ ।
साथै, खाजा र खाना खाने क्यान्टिनदेखि आराम गर्नको लागि बगैंचा रहनेछ । २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ऐतिहासिक मौलिकता बोकेको धरहरा ढलेको थियो ।
प्रतिक्रिया