विराटनगर विमानस्थल विस्तारः जग्गाको उचित भाउ पाउलान् त जग्गाधनीले ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १५ गते १७:५६
विराटनगर विमानस्थल विस्तारः जग्गाको उचित भाउ पाउलान् त जग्गाधनीले ? (भिडियोसहित)

१५ मंसिर, २०७७, विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने तयारी भएपछि आसपासका बासिन्दामा अन्योल देखिएको छ । सरकारले जग्गाको उचित मूल्याङ्कन गर्ने हो कि हैन भन्ने जग्गाधनीमा चिन्ता देखिएको छ ।

नेपाल सरकारले जग्गा अधिग्रहण गर्ने स्वीकृति दिएसँगै विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्ने पक्का भएको छ । विमानस्थल विस्तारको विषयले विराटनगरका सबै क्षेत्र उत्साही छ ।

यो विमानस्थल विस्तारका लागि विमानस्थल आसपासको १ सय २६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय भइसकेको छ । विमानस्थलका लागि स्थानीय बासिन्दा जग्गा दिन तयार छन् । तर सरकारले जग्गाको चलनचल्तीको उचित मुल्याङ्कन गर्ने किन हैन भन्ने चिन्ता जग्गाधनीमा परेको छ ?

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने समितिले मुआब्जा रकम निर्धारण गरी वितरण गर्ने काम गर्ने छ । समितिले चलनचल्तीको जग्गाको मूल्य र सरकारी मूल्यलाई तुलना गरेर मुआब्जा निर्धारण गर्ने हुँदा जग्गाधनीलाई मर्का नपर्ने नागरिक उड्डय प्राधिकरणको भनाइ छ ।

हाल विराटनगर विमानस्थलको धावनमार्गे १ हजार ५ सय मिटरको छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ हजार मिटरको धावन मार्ग बनाउने योजना छ। जसका लागि १ सय २६ बिघा जग्गा अधिग्रहण गर्नका लागि आवश्यक खर्च मध्ये प्राधिकरणले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशतले व्यहोर्ने समझदारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *