विदेश
विश्वमा २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना संक्रमण
२०७७ मंसिर १५ गते ८:५५
१५ मंसिर, २०७७, काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
वर्ल्डमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार २१८ जनाले ज्यान गुमाएका छन् । योसँगै कुल मृतकको संख्या १४ लाख ६४ हजार ७६४ पुगेको छ ।
विश्वमा हालसम्म छ करोड ३० लाख ५३ हजार ९८ जना संक्रमित भएका छन् । तीमध्ये चार करोड ३५ लाख ३१ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् ।
अहिले एक करोड ८० लाख ५६ हजार ९६९ जना सक्रिय संक्रमित छन् । एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन् ।
प्रतिक्रिया