विदेश

नाइजेरियामा बोको हरामद्वारा ११० जना मजदुरको हत्या

हिमालय टिभी
२०७७ मंसिर १५ गते ७:४४
नाइजेरियामा बोको हरामद्वारा ११० जना मजदुरको हत्या

१५ मंसिर, २०७७ नाइजेरिया । नाइजेरियामा बोको हराम समूहका लडाकूले १ सय १० मजदूरको हत्या गरेका छन् ।

नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा महिला तथा पुरुष दुबै रहेका छन् ।

मोटरसाइकलमा आए आक्रमणकारीले खेतमा काम गरिरहेका किसानमाथि आक्रमण गरेका थिए । घटनापछि स्थानीयको उद्धारमा संलग्न मिलिसिया प्रमुखले १ सय १० जनाको शव घाँटी काटिएको अवस्थामा फेला परेको र ६ जना घाइते भएको बताए ।

त्यस्तै ८ जना बेपत्ता भएकाले उनीहरुलाई लडाकूले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ। नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *