Main News

१९ वर्षअघि मारिए ११ किसान, न भयो दोषीमाथि कारबाही न पाए पीडितले न्याय !

हिमालय टिभी
२०७७ मंसिर १३ गते २०:३५
१९ वर्षअघि मारिए ११ किसान, न भयो दोषीमाथि कारबाही न पाए पीडितले न्याय !

१३ मंसिर, २०७७ दाङ । दाङको घोराहीमा तत्कालीन माओवादीले आक्रमण गरेको पाँच दिनपछि २०५८ साल मंसिर १३ गते घोराहीको बर्गद्दी गाउँमा सुरक्षाकर्मीद्वारा ११ जना किसान मारिएका थिए । आज त्यसको ठिक १९ वर्ष पुगेको छ । यो १९ वर्षमा पीडित परिवारलाई दोषीमाथि कारबाही हुने न्याय पाउने आशा मरिसकेको छ ।

घोराही उपमहानगरपालिका १७ की लाकी चौधरीले १९ वर्षअघिको घटना अझै बिर्सनु भएको छैन् ।

२०५८ साल मंसिर १३ गते उहाँका श्रीमानसहित ११ जना किसान सुरक्षाकर्मीद्वारा मारिएका थिए । ५ दिन अघि दाङ सदरमुकाममा माओवादीले आक्रमण गरेको थियो ।

त्यसको ५ दिनपछि सदरमुकामसँगै जोडिएको बर्गद्दी गाउँमा छिरेका सुरक्षाकर्मीले खेतमा दाईँ गरिरहेका १ जना किसानलाई एकै चिहान बनाएको थियो । त्यसैले मंसिर १३ गतेको दिनलाई दाङका बासिन्दाले कालो दिनका रुपमा लिन्छन् ।

बर्गद्दी गाउँमा मारिएका यी किसानको सम्झनामा पार्क बनाइएको छ । द्वन्द्व पीडित परिवराले सरकारबाट १० लाख रुपैयाँ पाए । तर त्यसबाहेक अरु केही पाएका छैनन् ।

मारिएका किसान निर्दोष थिए । त्यसैले निर्दोषको हत्यामा संलग्नलाई कारबाही हुन्छ कि भन्ने उनीहरुलाई आशा थियो । तर त्यो आशा पनि अहिले निराशामा परिणत हुँदै गएको छ ।

१४ वर्षअघि तत्कालीन राज्य र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएपछि द्वन्द्व टुंगियो । तर पीडित परिवारका लागि शान्ति प्रक्रिया अझै टुंगिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *